जुलाई १ देखि मासिक तीन सय युनिटसम्म बिजुली निःशुल्क दिने पञ्जाबका मुख्यमन्त्रीको घोषणा

भारत- भारतको पञ्जाबका मुख्यमन्त्री भगवंत मानले आउँदो जुलाई १ तारिखदेखि मासिक तीन सय युनिटसम्म बिजुली निःशुल्क दिने घोषणा गर्नुभएको छ । आम आद्मी पार्टीको तर्फबाट मुख्यमन्त्रीमा निर्वाचित भएको एक महिना पुगेको अवसरमा मुख्यमन्त्री मानले पञ्जाबका नागरिकले हरेक महिना तीन सय युनिटसम्मको बिजुली निःशुल्क पाउने घोषणा गर्नुभएको हो ।

पञ्जाब सरकारले तीन सय युनिटसम्म निःशुल्क बिजुली दिँदा वार्षिक ५५ अर्ब भारतीय रुपैयाँ बेहोर्नुपर्ने खबरमा उल्लेख छ । यसअघि कांग्रेस आईको सरकारले मासिक दुई सय युनिटसम्मको बिजुली निःशुल्क गरेको थियो भने सात किलोवाटसम्मका ग्राहकले न्युनतम प्रति युनिट तीन भारु तिरे पुग्थ्यो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्