लटिनाथ नमुना माबि चौपाताको ६६ औँ वार्षिकोत्सब तथा अभिभावक दिवस सम्पन्न

दार्चुलाको लेकम गाउँपालिकामा रहेको लटिनाथ नमुना माध्यमिक बिद्यालय टेक्स कार्यक्रम चन्दनपुर चौपाताको ६६ औँ वार्षिकोत्सब तथा अभिभावक दिवस विविध कार्यक्रमका साथ सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समिति अध्यक्ष जयदेब विष्टको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा लेकम गाउँपालिकाका अध्यक्ष परमानन्द जोशीको प्रमुख आतिथि रहनुभएको थियो । कार्यक्रममा वडा अध्यक्ष, गाउँपालिकाका कर्मचारी, अभिभावक, राजनीतिक दलका नेताहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा विद्यार्थीहरुले विभिन्न साँस्कृतिक नृतका साथ कार्यक्रमलाई अघि बढाएको थियो ।

कार्यक्रममा प्रधानाध्यापक केशबराज विष्टले विद्यालयको वार्षिक प्रगति प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । विद्यालयको गत आर्थिक वर्ष २०७५÷०७६ को कुल आय ६ करोड ५५ लाख ५० हजार ८ सय ७४ रुपैया र व्यय ४ करोड ८५ लाख २४ जार ८ सय २३ रुपैया रहेको प्रष्ट पार्नुभएको थियो । विद्यालयसंग गत वर्षको असार मसान्तमा १ करोड ७० लाख २६ हजार ५१ रुपैया रहेको प्रधानाद्यापक विष्टले बताउनुभयो ।
विद्यालयको शैक्षिक, भौतिक र आर्थिक अवस्थाका बारेमा उहाँले जानकारी गराउनुभएको थियो । विद्यालयको विकासमा अभिभावक र यो सामाजको ठूलो देन रहेको उल्लेख गर्दै उहाँले आगामी दिनमा विद्यालयको विकासका लागि समेत सहयोग निरन्तर हुने अपेक्षा व्यक्त गर्नुभयो । माबि चौपाताले नमुनाको उपाधी पाएपनि साच्चिकै नमुना विद्यालय बनाउन भौतिक, शैक्षिक क्षेत्रमा उल्लेखनिय सुधार गर्नुपर्ने अवस्था रहेकोले त्यसका लागि लागिपर्ने उहाँको भनाइ छ । आफ्नो कार्यकालमा विद्यालयलाइ नमुना प्राविधिक शिक्षालयको रुपमा स्थापित गर्ने उद्धेश्य अनुरुप आगामी दिनमा मेहनत गर्ने उहाँले प्रतिबद्धता ब्यक्त गर्नुभएको छ ।
अहिले कक्षा १ देखि १२ सम्म सञ्चालनमा रहेको माबि चौपातामा शिक्षा र विज्ञान संकायका साथै ६ वटा प्राविधिक कार्यक्रम सञ्चालनमा रहेका छन् । ३ वर्षे बाली बिज्ञान, पशु विज्ञान, बन विज्ञान, सब ओभरसियर, कृषि जेटिए र पशु जेटिएका कक्षाहरुमा पठनपाठन भइरहेको छ । नमुना माबि चौपातामा दार्चुला सहित नेपालका विभिन्न २२ जिल्लाका १ हजार ५७ जना विद्यार्थी अद्ययनरत रहेका छन् ।

त्यसैगरी कार्यक्रमलाई सम्बोधन गर्दै लेकम गाउँपालिका अध्यक्ष प्रमानन्द जोशीले सम्पूर्णको सहयोगका कारण देशमा नमुना विद्यालयको रुपमा स्थापित भएको र अझैपनि आगामी दिनमा शिक्षक, विद्यार्थी, अभिभावक र जनप्रतिनिधिहरुको साझा प्रयासबाट सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न सकिने धारणा राख्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्