मणिकाधाममा लागेको मेलामा दुई लाख बढी भक्तजनहरुद्वारा अवलाेकन

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नं. ८ मा रहेको पवित्र एवंम तिर्थस्थल मणिकाधाम क्षेत्रमा बुधवार लागेको मेलामा दुई लाख बढी भक्तजनहरुले दर्शन गरेका छन ।
सुदूरपश्चिम प्रदेशको कञ्चनपुर, कैलाली, डडेल्धुरा र छिमेकी मुलुक भारतका भक्तजनहरुले बैजनाथ बाबाको दर्शन गरेका हुन ।

प्रति बर्ष यहाँ फागुन शुक्लपक्षमा लाग्ने मेलालाई पछिल्लो समय व्यवस्थित गरिदैँ लगेको वडा नं. ८ का वडा अध्यक्ष बहादुर सिँह महराले बताउनुभयो ।
व्यापारका लागि यस क्षेत्रमा छिमेकी जिल्ला कैलाली र निकटबर्ती भारतीय क्षेत्र बाट दर्जनौं व्यापारीहरु पुगेका थिए ।

मणिका धामलाई यस क्षेत्रका स्थानिय बासिन्दाले मुडका धामका नामले चिन्ने गर्दछन । धाम क्षेत्रमा बैजनाथ वावाको प्राचिन मन्दिर र मन्दिर नजिकै ठुलो तलाउ रहेको छ ।
मणिका धाम क्षेत्रको दर्शन गरेमा मनोवांच्छित फल पाईने जनविश्वासका कारण दर्शनार्थीहरुको भिड लाग्ने गरेको छ । मुडका क्षेत्रमा रहेको तलाउमा मणीवाला सर्प वस्ने रहेका कारण यस क्षेत्रको नाम मुडका धाम रहेको स्थानीय वुढापाकाहरुको भनाई रहेको छ ।
थारु भाषामा मुड भन्नाले शिर लाइ बुझने गरिएकाले सबै भन्दा अग्लो भाग भएकाले मुड शव्दको अप्रभंसभै मुडका भएको एकथरीको भनाई रहेको छ ।
पहाड बाट मौसमी रुपमा बसाई सारेर झर्ने व्यक्तिहरुले ताल भएको क्षेत्र नजिकैको थुम्कोमा मन्दिर स्थापना गरी पूजा गर्दै आए पछि यो क्षेत्र अन्य समुदायका व्यक्तिहरुका लागि पनि धार्मिक धरोहरका रुपमा विकसित हुदै गएको हो ।
पूर्व पश्चिम राजमार्ग भन्दा झण्डै ११ किलो मिटर उत्तर चुरेको फेदीमा रहेको यो क्षेत्र प्राचिनकालमा पहाड बाट चौपाया सहित हिउदका बेला बसाई सार्नेहरुको आश्रय स्थलका रुपमा समेत रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्