नुवाकोटको बुङताङमा एक दिने निःशुल्क आँखा शिविर सम्पन्न, १७३ जनाले सेवा लिए

नुवाकोट । नुवाकोटको बुङताङमा एक दिने निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । तिलगंगा आँखा प्रतिष्ठान, जिल्ला सामुदायिक आँखा केन्द्र, नुवाकोट र नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा नुवाकोटको आयोजनामा फाल्गुन २२ गते वडा कार्यालय बुङताङमा एक दिने निःशुल्क आँखा शिविर सम्पन्न भएको हो ।

आइतबार संचालन गरिएको उक्त शिविरमा जम्मा १७३ जनाले सेवा लिएका छन् भने १७ जना मोतिबिन्दुका बिरामीहरू शल्यक्रियाको लागि छनौट भएका छन् । मोतिबिन्दु भ​एको पाइएका बिरामीहरूको यही फाल्गुन २९ र ३० गते जिल्ला सामुदायिक आँखा केन्द्र, नुवाकोटमा सञ्चालन हुने निःशुल्क शल्यक्रिया शिविरमा शल्यक्रिया गरिने छ ।

शिविरलाई उत्साहजनक रूपमा सफल पार्न सहयोग गर्नुहुने सबैलाई जिल्ला सामुदायिक आँखा केन्द्र, नुवाकोटका नेत्र अधिकृत तारा बहादुर वाइबाले धन्यवाद ज्ञापन गर्नुभ​एको छ ।

तस्बिरहरु:

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्