नेपालगञ्जमा जारी एनप्याब्सनको महाधिवेशनमा गुण्डागर्दी शैलीमा झडप

काठमाण्डौ – नेशनल प्याब्सनको महाधिवेशनमा झडप भएको छ । आइतबार नेपालगञ्जमा भएको नेशनल प्याब्सनको सातौँ राष्टिय महाधिवेशनको उद्घाटन शत्रमा गत अधिवेशनमा पराजित उम्मेदवार पक्षबाट आएको टीमले झपड गर्न खोजेपछि अवस्था तनावग्रस्त बनेको हो ।
सातौँ महाधिवेशनमा अध्यक्ष पदमा दुइजनाको उम्मेदवारी परेको छ । एपेक्स लाइफ स्कुलका संस्थापक तथा कार्यकारी निर्देशक सुवाष न्यौपाने र छैटौँ महाधिवेशनमा अध्यक्षमा पराजित पाण्डव हमालको उम्मेदवारी परेको छ । ताण्डव हमाल यस अधिवेशनमा समेत पराजित हुने पक्कापक्की देखिएपछि महाधिवेशन विथोल्न खोजेको देखिन्छ । गुण्डागर्दी शैलीमा आएको अज्ञात समुहले महाधिवेशन भंग गर्नखोजेपछि अवस्था तनावग्रस्त बन्न पुगको हो ।
केहिबेरको तनावग्रस्त अवस्थाले महाधिवेशन केहिबेर रोकिएपनि पछि अवस्था सामान्य भएपछि सूचारु भएको हो ।
देशभरीबाट १ हजार ५ सय बढी विद्यालयका प्रतिनिधि महाधिवेशनमा सहभागिता जनाएको छ ।

महाधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्नेछ । महाधिवेशनमा निजी विद्यालयका समस्या लगायतका बारेमा छलफल गरिने बताइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्