नुवाकोटको लच्याङमा एक दिने निःशुल्क आँखा शिविर सम्पन्न, १८१ जनाले सेवा लिए

लच्याङ । नुवाकोटको श्री लच्याङ प्रा.वि, लच्याङमा एक दिने निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । तिलगंगा आँखा प्रतिष्ठान, जिल्ला सामुदायिक आँखा केन्द्र, नुवाकोट र नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा नुवाकोटको आयोजनामा फाल्गुन २१ गते आँखा शिविर सम्पन्न भएको हो ।

शनिबार संचालन गरिएको उक्त शिविरबाट १८१ जना लाभान्वित भ​एका छन् ।​ सेवा लिएका १८१ जनामध्ये २७ जना मोतिबिन्दुका बिरामीहरू शल्यक्रियाको लागि छनौट भएका छन् । मोतिबिन्दु भ​एको पाइएका बिरामीहरूको यही फाल्गुन २९ र ३० गते जिल्ला सामुदायिक आँखा केन्द्र, नुवाकोटमा सञ्चालन हुने निःशुल्क शल्यक्रिया शिविरमा शल्यक्रिया गरिने छ ।

शिविरलाई उत्साहजनक रूपमा सफल पार्न सहयोग गर्नुहुने श्री पूर्ण बहादुर तामाङ्ग, लच्याङ स्वास्थ्य चौकी परिवार, श्री लच्याङ प्रा. वि परिवारलगायत सबैलाई जिल्ला सामुदायिक आँखा केन्द्र, नुवाकोटका नेत्र अधिकृत तारा बहादुर वाइबाले धन्यवाद ज्ञापन गर्नुभ​एको छ ।

तस्बिरहरु:

 

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्