राजनीतिक आडमा एउटै पदमा धेरैले उम्मेदवारी दिएर एनप्याब्सन धरापमा

काठमाडौं – निजी तथा आवासीय विद्यालयहरुको छाता संगठन एनप्याब्सनको राष्ट्रिय महाधिवेशन नेपालगन्जमा यही फागुन २२ र २३ मा हुने भएको छ । महाधिवेशनमा एउटै पदमा ४/५ जनाको उम्मेदवारी परेको छ । केन्द्रीय नेतृत्वले तलका कमिटीहरू जिल्ला कमिटी तथा स्थानीय तह कमिटीलाई उपेक्षा गरी राजनीति गरेर एउटै पदको लागी धेरैले हानथाप गर्नु एनप्याब्सनलाई धरापमा पार्नु भएको एनप्याब्सन काठमाडौँ जिल्ला सह-कोषाध्यक्ष प्रेमकुमार भुजेलले बताउनुभयो । उहाँ भन्नुहुन्छ सबै मिलेर सहकार्यको माध्यमबाट एनप्याब्सनलाई बलियो बनाएर अघि बढ्यो भने एनप्याब्सनको अस्तित्व कायम रहने धारण व्यक्त गर्नुभयो । देशभरीका एनप्याब्सन सदस्यहरूले महाधिवेशनमा सहभागीता जनाएर राम्रो नेतृत्व चयन गर्न समेत सह कोषाध्यक्ष भुजेलले आग्रह गर्नुभयो  ।
सञ्चालनमा नै नरहेका विद्यालयका प्रतिनिधि सहभागी भएको, थौरै लगानी मात्र लगाएर विद्यालय सञ्चालन गरेर राजनीति मात्रै गर्ने प्रतिनिधि पनि पदका लागि हानथाप गर्नु लस्जास्पद भएको उहाँको बुझाई छ ।
ईसिए कार्यक्रममा समेत सहभागी नहुने, एनप्याब्सनले लिने परीक्षामा समेत सहभागी नहुने, विद्यालय सञ्चालन गर्नुभन्दा पनि राजनीतिकमा बढी खटिरहने विद्यालय सञ्चालकहरुले राजनीतिक आडमा पदका लागि एउटै पदमा बढी उम्मेदवारी दिनु एनप्याब्सनलाई जीर्ण बनाउनु हो । त्यसैले पूर्वदेखि पश्चिमसम्मका एनप्याब्सन सदस्य विद्यालयहरूले सहभागीता जनाई आफुले लगानी गरेको संस्थालाई छाता संगठनबाट केही लाभ लिन सक्ने नेतृत्वलाई चयन गर्न समेत सह कोषाध्यक्ष भुजेलले आह्वान गर्नुभयो ।  संगठनलाई व्यावसायिक रुपमा सबल बनाउन,  निजी विद्यालयको हकहितको रक्षा, समयानुकूल गुणस्तरीय शिक्षाको प्रवद्र्धन तथा निजी र सरकारी विद्यालयबीचको विभेद अन्त्यमा जोड दिनुपर्ने आजको आवश्यकता देखिन्छ ।
एनप्याब्सनको सातौँ राष्ट्रिय महाधिवेशन नेपालगन्जको होटल सोल्टी वेष्टेण्ट प्रिमियर मा यहि फागुन २२ र २३ गते हुदैँछ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्