सिन्धुपाल्चोकको हेलम्बुमा नेपाली काँग्रेस प्रवेश गर्नेहरुको लर्को, एमाले लगायतका दलहरुबाट सयौँ कार्यकर्ता काँग्रेसमा प्रवेश

सन्धुपाल्चोक – सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा नेपाली काँग्रेस प्रवेश गर्नेहरुको लर्को लागेको छ । शुक्रबार एक कार्यक्रमकाबीच हेलम्बु गाउँपलिका– २ किउल बस्तीका सयौं नेता कार्यकर्ता नेकपा एमाले परित्याग गरी कांग्रेस प्रवेश गरेका हुन् । प्रवेश गर्नेहरुमा नेकपा एमाले, माओवादी र राप्रपाका सयौं नेता कार्यकर्ता रहेको नेपाली काँग्रेस हेलम्बुले जनाएको छ ।

‘गरिबलाई भर्याङ बनाएर आफ्नो अभिष्ट पुरागर्ने कम्युनिष्टको झुटको खेति बन्दगर्दै साच्चिकै जनताको भावना बुझ्ने पार्टी नेपाली कांग्रेस भएकोले हामी काँग्रेसमा प्रवेश गरेका हौँ’ नव प्रवेशी एक स्थानीय माओवादी नेता भने । उनले बिकासवादी पार्टि नेपाली कांग्रेसको चारतारे झण्डामुनी गोलबद्द हुन सम्पुर्ण हेलम्बुबासीलाई आव्हान समेत गरे ।

आफुले विगतको निर्वाचनमा काँग्रेसलाई मत नदिएपनी चुनाव जितेपछी जनतालाई चाहिने सबै विकासका काम नेपाली कांग्रेसको स्थानीय सरकारले गरिदिएको नव प्रवेशीहरुको भनाई छ । गत निर्वाचनमा नेपाली काँग्रेसलाई मत नदिएपनी विकासका काममा कांग्रेसले कुनै भेदभाव नगरेकोले अब जनताको पार्टी भनेको कांग्रेस मात्रै रहेछ भन्ने बुझेर कांग्रेस प्रवेश गरेको उनीहरुले बताएका छन् ।

नव प्रवेशीहरुलाई पार्टी प्रवेश गराउँदै हेलम्बु गाउँपालिका अध्यक्ष एवं नेपाली कांग्रेस सिन्धुपाल्चोकका युवा नेता निमा ग्याल्जेन शेर्पाले कम्युनिस्ट सरकारको अधिनायकवादी चरित्र र झुठो आश्वासनले आम नागरिकमा निराशा छाएको बताए । शेर्पाले नेपाली कांग्रेस लाई बिश्वास गरेर प्रवेश गर्ने सबै नेता कार्यककर्ताको सुखदुःखमा आफू सधैं साथमा रहने बताए ।

हेलम्बुका सातवटा वडा मध्ये २ नं. वडामा मात्र नेकपा एमालेले २०७४को स्थानीय निर्वाचन जितेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्