भारतको दिल्ली र तेलङ्गनामा कोरोना सङ्क्रमित भेटिए

काठमाण्डौ – चीनको वुहान शहरबाट सुरु भएको कोरोना भाइरस फैलिने क्रम रोकिएको छैन ।

भारतमा सोमबार कोरोना भाइरसको दुई नयाँ सङ्क्रमणको पुष्टि भएको छ । भारत सरकारले कोरोना भाइरसबाट अन्य दुई जना सङ्क्रमित भएको पुष्टि गरेको हो । एक जना नयाँ दिल्ली र अर्को तेलङ्गनामा कोरोना सङ्क्रमित भेटिएको हो ।

यी दुई जनाकै अवस्था स्थिर रहेको बताइएको छ । दिल्ली र तेलङ्गनामा कोरोना भाइरसको पहिलो सङ्क्रमण देखिएको हो ।

भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या पाँच भएको छ । यसअघि तीन जनामा कोरोना देखिएकोमा उनीहरु उपचारपछि घर फर्किसकेका छन् । समाचार एजेन्सी पीटीआईका अनुसार दिल्लीको आरएमएल अस्पतालमा भर्ना गरिएका उनीहरु इटलीबाट फर्किएका थिए । भारतमा पहिलो पटक केरलाकी एक महिलामा कोरोना देखिएको थियो ।

स्वास्थ्य मन्त्री डाक्टर हर्षवर्धनले नागरिकहरुलाई चीन इरान दक्षिण कोरिया र सिङ्गापुर र इटलीको यात्रा नगर्न सचेत गराएका छन । महामारीको प्रभावलाई ध्यानमा राख्दै उनले अन्य देशको यात्रामा पनि प्रतिबन्ध लगाउन सक्ने जनाएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्