अबको कार्यभार आर्थिक क्रान्ति : नेता नेपाल

FILE PHOTO

कैलाली – पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले अबको कार्यभार आर्थिक क्रान्ति भएको बताएका छन् ।

सोमबार सुदूरपश्चिम प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्वबोधन गर्दै उनले सो कुरा वताएका हुन् ।

नेकपाको एकताले देशीविदेशी तत्वहरु समेत झस्किएको दावी गर्दै नेपालले यो एकतालाई मूर्त रुप दिएर अबको कार्यभार पुरा गर्ने बेला आएको पनि बताए ।

उनले क्रान्तिकारी कम्युनिस्ट पार्टी निर्माणका लागि असल र गतिशील कार्यकर्ता उत्पादन गर्नुपर्ने वताए ।

नाराले मात्र लोकप्रिय पार्टी बन्न नसक्ने बताउँदै उनले भने, ‘चिन्तन, चेतना, जागरण, व्यवहार, असल नीति, क्रियाशिलता र असल कामले नै लोकप्रिय पार्टी निमार्ण हुन्छ ।’

यस्तै कार्यक्रममा उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले समृद्द नेपाल सुखी नेपालीको लागि सरकार लागिपरेको बताए ।

कार्यक्रमलाई नेकपाका नेता नारायणकाजी श्रेष्ठ, भीम रावल, उद्योगमन्त्री लेखराज भट्ट, खगराज भट्ट लगायतले पनि सम्बोधन गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्