नेपालमा भारतीय नागरिक जनप्रतिनिधि भएको खुलासा

जनकपुर – महोत्तरीका एक स्थानीय तहका जनप्रतिनिधि भारतीय नागरिक रहेको खुलासा भएको छ । भारतीय नागरिक नेपालमा जनप्रतिनिधि रहेको भन्दै जिल्ला प्रशासन कार्यालय महोत्तरीमा उजुरी परेपछि यसको खुलासा भएको हो ।

महोत्तरीको रामगोपालपुर नगरपालिका वडा नम्बर ५ का अध्यक्ष जितेन्द्र चौधरीले भारत र नेपाल दुबै देशको नागरिक रहेको भन्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएपछि सो कुरा बाहिर आएको हो । भारतीय भोेटरलिष्टमा वडाध्यक्ष चौधरी र उनका बुवा हिरा चौधरीको नाम देखिएपछि स्थानीय हरिश्चन्द्र ठाकुरले उजुरी दिएका थिए । कसैले अर्को देशको नागरिकता लियो भने उसको नेपालको नागरिकता कायम नरहने व्यवस्था नेपालको नागरिकता ऐन, २०६३ मा उल्लेख छ । तर, नागरिकताको सिफारिश र नागरिकताको प्रतिलिपि लिन सिफारिश गर्ने जनप्रतिनिधिकै दोहोरो नागरिकता भएको प्रमाण भेटिएपछि स्थानीयवासी समेत आश्चर्यमा परेका छन् ।

स्थानीय तहको चुनावमा स्वतन्त्रबाट वडाध्यक्षमा जितेका चौधरी भारतको सितामढी जिल्लाको सिरसिया बजारको बासिन्दा रहेको प्रमाण फेला परेको छ । भारतको निर्वाचन आयोगको लिस्टमा समेत चौधरीको फोटो सहितको नामावली देखिएको छ भने उनको बुवा हिरा चौधरीको समेत फोटो सहित भारतको भोटर लिस्टमा नाम उल्लेख छ । उनीहरूले सन् २०१९ मा भारतीय लोकसभा निर्वाचनमा मतदान समेत गरेका छन् ।

वडाध्यक्ष चौधरीबिरुद्ध रामगोपालपुर नगरपालिका वडा नम्बर ८ का स्थानीय हरिश्चन्द्र ठाकुरले जिल्ला प्रशासन कार्यालय महोत्तरीमा नागरिकता छानविनको माग गर्दै उजुरी दिएका छन् ।

उजुरीकर्ता ठाकुरले जिल्ला प्रशासन कार्यालयमा दिएको उजुरीमा वडाअध्यक्ष जितेन्द्र २०१९ मा भारतमा सम्पन्न भएको लोकसभाको चुनाबमा समेत मत खसनलेको प्रमाण पेश गरेका छन् । फर्जि कागजात पेश गरेर वडाअध्यक्ष चौधरीले भारतिय नागरिकताको साथै नेपाली नागरिकता समेत लिएको उजुरीकर्ताको आरोप छ । यस सम्बन्धमा महोत्तरीका प्रमुख जिल्ला अधिकारी सुर्यबहादुर खत्रीले निवेदन आइसकेकाले अनुसन्धान भइरहेको र दोषी ठहरिए कार्वाही गर्ने बताएका छन् ।

 

राताेपाटीबाट साभार 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्