बहु प्रतिक्षित चलचित्र ‘सुर्यवंशी’ को ट्रेलर सार्वजनिक

मुम्बई – अभिनेता अक्षयकुमार अभिनित प्रतिक्षित फिल्म हो ‘सुर्यवंशी’ । यसैबर्ष भित्र रिलिज हुने फिल्मको ट्रेलर रिलिज भएको छ । ट्रेलर रिलिज हुने बितिक्कै सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । फिल्म रोहित शेट्टीले निर्देशन गरेका हुन् । फिल्ममा अक्षयकुमार एक एन्टी टेररिज्म स्क्वोड कप बनेका छन् ।

फिल्ममा अभिनेत्री कट्रीना कैफले उनको श्रीमतीको भूमिका निर्वाह गरेकी छन् । फिल्ममा यी दुबैको एक सन्तान पनि छ । जो आतंकवादीको हमालमा मारिन्छ । निर्देशक रोहित एक्सन फिल्ममार्फत दर्शकको मन जित्न सफल छन् । फिल्मको सार्वजनिक ट्रेलरमा पनि भरपुर एक्सन र धमाका देख्न सकिन्छ ।

ट्रेलरमा सिंघम अर्थात अजय देवगान, सिंबा अर्थात रणवीर सिंह समेत देखिएका छन् । यी तीनैको एउटै पर्दामा एक्सन दर्शकले रुचाउने आस निर्माण पक्षको छ । लामो समयपछि अक्षय र कट्रीना पनि जोडीको रुपमा फिल्म मार्फत देखिन लागेका हुन् ।

ट्रेलर ४ मिनेट लामो छ । ट्रेलर बलिउड फिल्मको अहिलेसम्मकै लामो बताइएको छ । फिल्म मार्फत अक्षयकुमारले फेरि एकपटक देशभक्ती पेस गर्न लागेका हुन् । फिल्ममा गुलशन ग्रोवर, अभिमन्यु सिंह, ज्याकी श्राप र विवियन भटेनाको पनि मुख्य भूमिका रहेको छ । फिल्म २४ मार्चमा रिलिज हुँदैछ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्