गौरी भट्ट र राम अवस्थीको स्वरमा रहेको ‘जोई नभई नहुन्या’ गीत दर्शकको रोजाईमा

काठमाडाैँ – चर्चित गायिक गौरी भट्ट र गायक राम प्रसाद अवस्थीको स्वरमा रहेको ‘जोई नभई नहुन्या’ गीत दर्शकहरुले अत्यधिक रुचाएका छन् । केहि दिन अघि मात्रै भूमिराज म्यूजिक युट्युब च्यानलबाट सार्वजनिक भएको उक्त गीत समाचार तयार पार्दासम्म करिब १ लाख २२ हजारले हेरिसकेका छन् । निक्कै ठट्यौली र माया प्रेमका भावहरु प्रस्तुत गरिएको उक्त गीत दर्शकहरुले रुचाएका हुन् ।
राम प्रसाद अवस्थीकै लय संगीत रहेको उक्त गीतको म्यूजिक एरेन्ज भने विनोद बाजुरालीले गरेका छन् । मालाश्री रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो ।
भीम विष्ट (अछामी रेखा) को निर्देशनमा तयार पारिएको उक्त भिडियोमा मोडलिङ भने चर्चित गायक तथा मोडेल लाल बहादुर धामी (अछामी बड्डो), लक्ष्मी आचार्य र जहित बुढाले गरेका छन् । पीआर जोशीले छायांकन गरेको उक्त भिडियो महेन्द्र विष्टले सम्पादन गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्