सिनेमा ‘हामी तीन भाई’ को गीत रेकर्डिङ

काठमाडौं – कोरोना महामारीका बीच निर्माण घोषणा गरिएको सिनेमा हामी तीन भाईको गीत रेकर्डिङ गरिएको छ ।

साप शक्तिको संगीत रहेको गीतमा पछिल्लो समयकी चर्चित गायिका अस्मिता अधिकारी स्यवंम संगीतकार शक्तिले स्वर दिएका छन् । ए प्लस स्टुडियोमा रेकडिङ्ग गरिएको गीतलाई महाराज थापाले एरेञ्ज गरेका हुन् । सिनेमाका विशेष सहायोगीमा शम्भु कुमार केसी छन् ।

मधुसुदन भट्टराईको निर्देशनमा बन्न लागेको सिनेमामा सलोन बस्नेत, जाहन्वी बस्नेत, शिशिर राणा, विकाश चापागाई, दिक्षा पाण्डे, दीपक मगर, भुवन काफ्ले, नरेन केसी र टेकेन्द्र न्यौपाने लगायतका कलाकारको अभिनय रहनेछ । भने सिनेमाका लागि केही मुख्य कलाकार हाल छनोटको चरणमा छन् । प्रसिद्धि सिने आर्टसको व्यानरमा निर्माण हुने सिनेमाका प्रस्तुतकर्ता साजित महत हुन् ।

विक्रम तामाङ कार्यकारी निर्माता रहेको सिनेमामा हिमाल केसीको द्धन्द्व निर्देशन, कमल राईको कोरियोग्राफी, शिव ढकालको छायांकन, सुलभ मणि सापकोटा गीत रचना र मनिष गौतम र रिवाज दाहालको लेखन रहेको छ । पारिवारिक प्रेम कथामा आधारित रहने सिनेमाको मुख्य सहायक निर्देशक विनय पौडेल र रामजी राउत हुन् । सिनेमाको प्रोडक्सन कन्ट्रोलरमा शंकर बस्नेत र राम कार्की छन्

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्