अनुमति नपाएर २८ कम्पनीको आईपीओ ओझेलमा

काठमाडौँ – विभिन्न क्षेत्रका २८ वटा कम्पनी साधारण सेयर (आईपीओ) निष्कासनको अनुमति माग्दै धितोपत्र बोर्ड पुगेका छन् । उनीहरू सर्वसाधारणलाई आईपीओ निष्कासनको अनुमति माग्दै बोर्ड पुगेका हुन् । तर, आईपीओ निष्कासनको अनुमति माग्दै बोर्ड पुगेको ती कुनै पनि कम्पनीले पछिल्लो समय अनुमति पाएका छैनन् । खास गरी, सेयर बजारको नियामकको हैसियतमा रहेको धितोपत्र बोर्ड अध्यक्षविहीन हुँदा आईपीओ निष्कासनको अनुमति नपाएका हुन् ।

बोर्डमा १८ वटा जलविद्युत कम्पनी, ६ वटा लघुवित्त कम्पनी, २ वटा बीमा कम्पनी र २ वटा अन्य कम्पनीले अनुमति मागेका छन् । तर, सरकारले तात्कालिक अध्यक्ष भीष्मराज ढुंगानालाई असोज १९ गते बर्खास्त गरेपछि बोर्ड नेतृत्वविहीन छ । अध्यक्ष बिना आईपीओको अनुमति दिने अधिकार बोर्डका अन्य कर्मचारीमा छैन । बुक बिल्डिङ माध्यमबाट महँगोमा आईपीओ निष्कासनको तयारी गरेको सर्वोत्तम सिमेन्टको सेयरमा गैरकानुनीरूपमा खरिद पाइएपछि अध्यक्ष ढुंगाना निष्कासनका परेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्