१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ३४ वर्षीय पुरुष पक्राउ

सांकेतिक तस्विर

काठमाडौं – १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा भक्तपुर ठिमी नगरपालिका-५ घर भएका ३४ वर्षीय राकेश कर्माचार्यलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । काठमाडौं कलंकी डेरा गरी बस्ने ती किशोरीलाई राकेशले जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनलाई काठमाडौं कमलादीबाट पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्