सुनको भाउ एकै दिन तोलामा १२ सय रुपैयाँले घट्यो

काठमाण्डौ – सुनको भाउ आइतबार तोलामा १२ सय रुपैयाँले घटेको छ ।

सुनको भाउ आइतबार तोलाको ७८ हजार रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । गएको शुक्रबार तोलामा पाँच सय रुपैयाँले घटेर सुन तोलाको ७९ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै चाँदी पनि तोलामा २० रुपैयाँले घटेको छ । चाँदी आइतबार तोलाको आठ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्