नेपालमा सामसङको दुईवटा नयाँ सेट ग्यालेक्सी S20 र S20+ को प्रि अडर खुला

नेपालको अग्रणी इलेक्ट्रोनिक्स तथा स्मार्टफोन ब्राण्ड सामसङ नेपालले हालै आफ्नो प्रि अडर अफर अन्तर्गत ग्यालेक्सी S20 स्मार्ट फोन प्रस्तुत गरेको छ । सामसङको यो फ्ल्यागसिप डिभाइसमा आधारभूत परिवर्तन गरेको छ । जसले गर्दा यो फोनले हाम्रो संसारलाई क्याप्चर गर्न थप सहजता प्रदान गर्दछ ।

नेपालमा यही फाल्गुन ३० गते देखि ग्यालेक्सी S20 र S20+ उपलब्ध हुनेछ । साथै प्रि–अडर गर्नु हुने उपभोक्ताहले यी फोनहरु सो मितिभन्दा अगाडि पाउनुहुनेछ ।

सामसङका दुबै फोन S20 र S20+ सेटहरु नेपाली बजारमा निम्न मूल्यमा बिक्री हुने छन् ।

Galaxy S20                  :          रू १०७,४९९
Galaxy S20+                 :          रू ११९,४९९

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्