स्वास्थ्यकर्मी पदपुर्ति नहुँदा सेवा प्रवाहमा समस्या

सल्यान – सल्यान अस्पताल सल्यानमा दरबन्दी अनुसारको स्वास्थ्यकर्मी पदपुर्ति नहुँदा सेवा प्रवाहमा समस्या भएको छ । कार्यालय सहयोगी सहित ३२ जनाको दरवन्दी रहेको अस्पतालमा लामो समयदेखि पदपुर्ति हुन सकेको छैन ।

जिल्ला अस्पताल सल्यानका डाक्टर प्रदिप शर्माले कर्मचारी समायोजन पछि रिक्त भएको स्थायी र करारमा राखिएका कर्मचारीको करार समाप्तिपछि अस्पतालमा स्वास्थ्यकर्मीको समस्या भएको बताए । उहाँका अनुसार अस्पतालमा १ डाक्टर, १० जना नर्स र पारामेडिक्स पद पुर्ति हुन सकको छैन ।

सल्यान अस्पतालमा प्रत्येक दिन साना ठुला शल्यक्रिया सेवा समेत उपलब्ध हुने गरेको छ । आवश्यक जनशक्ति नहुँदा इमर्जेन्सीमा एक जनाले १२ देखि १४ घण्टासम्म ड्युटी दिनु पर्ने बाध्यता रहेको अहेव जीवन पुनले बताए ।

अस्पतालमा कार्यरत नर्स कोपिला रानाले कर्मचारीको अभावमा दैनिक १० देखि १२ जनासम्म सुत्केरी हुने र दुई नर्शले एक सिफ्टमा २० देखि २५ जनासम्म विरामी हेर्नु पर्ने बाध्यता रहेको गुनासो गरे । उहाले भन्नुभयो सुत्केरी हुन आउनेको संख्या धेरै हुन्छ । अन्य विरामी पनि आउने हुदा काम गर्न अप्ठेरो रहेको छ । अस्पतालमा एनएसआई नामक एक संस्थाका चार चिकित्सकको टोलीले सेवा प्रदान गर्दै आइरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्