नेपालका लागि नवनियुक्त भारतीय राजदूत क्वात्रा काठमाडौ आइपुगे

काठमाडौं – नेपालका लागि नवनियुक्त भारतीय राजदूत विनयमोहन क्वात्रा आइतबार काठमाडौं आइपुगेका छन् । क्वात्रा बिहान करिब ११ बजे आफ्नो कार्यभार सम्हाल्न काठमाडौ आइपुगेका हुन् ।

उनलाई विमानस्थलमा काठमाडौंस्थित भारतीय दूतावासका डीसीएम अजय कुमारलगायतले स्वागत गरेका थिए ।

क्वात्रा यसअघि फ्रान्सका लागि भारतीय राजदूत थिए । फ्रान्सबाट फर्किएलगत्तै उनलाई प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको राजदूत नियुक्त गरेका हुन् ।

सन् १९८८ मा भारतको परराष्ट्र सेवामा प्रवेश गरेका उनले एक समय व्यापार, अर्थ व्यवस्था र वृत्त ब्यूरोको प्रमुखका रुपमा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)मा भारतको प्रतिनिधित्व गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्