भारतको राजधानी नयाँ दिल्लीमा ओमिक्रोन समुदाय स्तरमा फैलियो

काठमाडौँ – भारतको राजधानी नयाँ दिल्लीमा समुदायस्तरमा कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोन फैलिरहेको पाइएको छ । दिल्लीका स्वास्थ्यमन्त्री सत्येन्द्र जैनले विदेश यात्रा नगरेका व्यक्तिमा ओमिक्रोनको सङ्क्रमण पुष्टि हुनुले बिस्तारै यो समुदायस्तरमा फैलिरहेको बताएका हुन् ।

उनले दिल्लीको अस्पतालमा २ सय कोरोना सङ्क्रमित भर्ती छन् । यसमा विदेशमा यात्रा गर्नेहरू पनि छन् । यसमा १०२ जना सङ्क्रमित दिल्लीकै र ९८ जना बाहिरका रहेको उनको भनाइ छ । उनले दिल्लीमा कूल सङ्क्रमितमध्ये ४६ प्रतिशत ओमिक्रोन सङ्क्रमित रहेको जानकारी दिए । पछिल्लो २४ घण्टामा ९२३ जना नयाँ सङ्क्रमित थपिएका छन् । सङ्क्रमण दर बढ्दो क्रममा रहेको उनको भनाइ छ ।

भारतमा कोरोना भाइरसको नयाँ सङ्क्रमितको सङ्ख्या बढेर १३ हजार १५४ पुगेको छ । यसमध्ये ओमिक्रोनबाट सङ्क्रमित ९६१ रहेका छन् । दिल्लीमा मात्र २६३ जना ओमिक्रोनबाट सङ्क्रमित छन् । महाराष्ट्रमा यो सङ्ख्या २५२ रहेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्