दार्चुलाकाे लेकम क्षेत्रमा खेलिने मालिकार्जुनको होली (होरी) गीत – एक अंश

(जय बोल भायौँ मालिकार्जुनकी ) …… २

खलंगा बजारको दक्षिण तिर ।
गोकुलेश्वरको उत्तरमा जय………………..

दार्चुला जिल्लाको भूमी है उच्चो ।
मालिकार्जुनको पर्वत छ जय ……………..

(जय बोल भायौँ मालिकार्जुनकी ) …… २

त्यसैको एक धुरो बरमुणे लेक ।
त्यसै धुरामा सीसाखानी जय …………………

मालिकार्जुनको फेद्मा गाउँ छ ।
मड् भन्ने गाउँमा मन्दिर छ जय ………………….

(जय बोल भायौँ मालिकार्जुनकी ) …… २

दुहुँ, मार्मा, दार्चुला लेकम भरीका ।
सब जमा हुन्छन् जात्रा लागि जय …………………..

कार्तिक महिनाको शुक्ल चतुदर्शी ।
जात्रा र मेला हुन्छ भारी जय …………………..

(जय बोल भायौँ मालिकार्जुनकी ) …… २

मालिकार्जुन शिवका अंश ।
अवतार दोस्रा शंकरका जय …………………….

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्