जम्मू–कश्मीरको श्रीनगरमा विद्रोही समूहको आक्रमण, असई र हवल्दारको ज्यान गयो

काठमाण्डौ – जम्मू–कश्मीरको श्रीनगरमा विद्रोही समूहले आक्रमण गरेको छ । आक्रमणमा दुई जना सुरक्षाकर्मीको ज्यान गएको छ । १२ जना घाइते भएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

श्रीनगरको जेवानमा रहेको पुलिस क्याम्प नजिकै विद्रोही समूहले सुरक्षाकर्मीलाई लक्षित गरी गोली चलाएका हुन् ।

आक्रमणमा एक असई र एक हवल्दारको ज्यान गएको खबरमा उल्लेख छ । घाइते प्रहरी जवानको सेनाको अस्पतालमा उपचार भइरहेको कश्मीर प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्