अब डिजेल र पेट्रोलमा प्रतिलिटर १०/१० रुपैयाँ विकास कर

काठमाडौं – सरकारले प्रतिलिटर पेट्रोल र डिजेलमा थप ५ रुपैयाँ विकास कर थपेर १० रुपैया पु‍¥याएको छ ।

बिहीवार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै सोही मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका अर्थमन्त्री युवराज खतिवडाले सो जानकारी दिएका हुन् ।

गत फागुन १२ गते बसेको मन्त्रिपरिषद बैठकले पेट्रोलियम पदार्थमा प्रतिलिटर १० रुपैया विकास कर लगाउने निर्णय गरेको हो ।

बूढीगण्डकी जलविद्युत आयोजना निर्माणका लागि सरकारले पेट्रोलियम पदार्थमा प्रतिलिटर ५ रुपैया कर लगाउन थालेको थियो । अहिले आएर सो कर रु ५ थपेर रु १० पुर्‍याइएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्