नेपाल एअरलाइन्सले अब दुबईमा हप्तामा ९ उडान भर्ने

FILE PHOTO

काठमाण्डौ – नेपाल एअरलाइन्सले दुबईमा उडान विस्तार गरेको छ । एअरलाइन्सले दुबईमा हप्तामा सात उडान गर्दै आएकोमा आज आइतवारदेखि थप दुई उडान थपेर हप्तामा नौ उडान भर्ने भएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले निगमका जहाजलाई बढीभन्दा बढी गन्तव्य विस्तार गरी उडान थपेर सेवा दिन निगम नेतृत्वलाई निर्देशन दिनुभयो । उहाँले निगमका जहाज ग्राउन्डेड भन्दा आकाशमा उडिरहने वातावरण बनाउन र गन्तव्यमा उडान थप्नेतर्फ जुट्न निगम व्यवस्थापनलाई अनुरोध गर्नुभयो ।
दुबईमा वैदेशिक रोजगारी तथा व्यवसायलगायत विभिन्न सिलसिलामा रहेका नेपालीको बाहुल्यता छ । थपिएको उडान हप्ताको आइतवार र बुधवार गरिनेछ । एअरलाइन्सले भारतको नयाँ दिल्लीमा सात उडान गर्दै आएकोमा अब थप सात उडान थपेर दैनिक दुई उडानका दरले हप्तामा १४ उडान भर्ने तयारी गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्