इङ्ग्लिस प्रिमियर लिगमा टोटनह्यामसँग नर्विच सिटी पराजित

काठमाण्डौ – इङ्ग्लिस प्रिमियर लिग फुटबलमा टोटनह्यामले नर्विच सिटीलाई हराएको छ । गएराति भएको खेलमा टोटनह्यामले नर्विच सिटीलाई ३–० गोल अन्तरले पराजित गरेको हो ।

जितसँगै १४ खेलमा २५ अङ्क जोडेको टोटनह्याम पाँचौँ स्थानमा उक्लिएको छ । नर्विच १० अङ्क जोडेर पुछारमा रहेको छ । यस्तै, गएरातिकै अर्को खेलमा एस्टोन भिल्लाले लेस्टर सिटीलाई २–१ गोल अन्तरले हराएको छ भने लिड्स युनाइटेड र ब्रेनफोर्डले २–२ गोलको बराबरी खेलेका छन् ।

जित पछि एस्टोन भिल्ला १९ अङ्कसहित १०औँ स्थानमा उक्लिएको छ भने लेस्टर सिटी ११औँ स्थानमा झरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्