पुवीचौकी गाउँपालिका– ५ काडाँमाण्डौकि गर्भवती महिलाको हेलिकप्टरबाट उद्दार

FILE PHOTO

काठमाडाैँ – डोटीको पुवीचौकी गाउँपालिका– ५ काडाँमाण्डौकि गर्भवती महिलालाई हेलिकप्टरबाट उद्दार गरि नेपालगञ्ज लगिएको छ । पूर्वीचौकीकी गर्भवती महिला तथा २० वर्षिया सम्झना विकलाई शुक्रबार हेलिकप्टरबाट उद्दार गरि नेपालगन्ज लगिएको हो ।
गर्भवती वि.क को गर्भमा २ वटा बच्चा रहेको र उच्च रक्तचाप र मृगी नामक रोग समेत भएकाले आईसियुमा राखेर उपचार गराउनुपर्ने भएपछि मेडिकल कलेज रिफर गरेको जिल्ला अस्पताल डोटी डा. प्रकार ठगुल्लाले जानकारी दिनु भयो ।

गर्भवित वि.क स्वास्थ्य अवस्थाबारे जानकारी पाए पछि पुवीचौकी गाउँपालिकाका अध्यक्ष दिर्घ बोगटीले उच्च अधिकारीहरुसँग पहल गरि हेलिकप्टरको व्यवस्था गरेका थिए । यस कार्यमा सहयोग गर्ने सुदुरपश्चिम प्रदेश सरकार आन्तरीक मामीला तथा कानुन मन्त्री पुर्णा जोशी, जिल्ला अस्पताल डोटीका अध्यक्ष यज्ञराज जोशी लगायत सबैलाइ अध्यक्ष बोगटीले धन्यवाद दिनुभएको छ ।

REED

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्