सकेसम्म छिटो सबै नागरिकलाई कोभिड विरुद्धको खोप लगाउन आवश्यक : राष्ट्रपति

File Photo

राष्ट्रपति भण्डारीले सकेसम्म छिटो सबै नागरिकलाई कोभिड–१९ विरुद्धको खोप लगाउन आवश्यक रहेको बताउनुभयो । उहाँले एक चरण खोप लगाइसकेका नागरिकका लागि विशेषज्ञको राय लिएर ‘बुस्टर डोज’समेत उपलब्ध गराउन आग्रह गर्नुभयो । “खोप लगाउने कार्यलाई निरन्तरता दिँदै हामीले फेरि एक पटक नयाँ तयारीमा जोड दिनुपर्ने समय आएको छ”, उहाँले भन्नुभयो, “कोरोना भाइरसको पाछिल्लो अवस्थाका बारेमा अध्ययन गरी तीनै तहका सरकार, जनप्रतिनिधि र सामाजिक संस्थाको सक्रिय भूमिकाबाट मात्रै भाइरस विरुद्धको लडाइमा सफलता प्राप्त गर्न सकिन्छ ।”

राष्ट्रपति भण्डारीले कोभिड–१९ को प्रभावबाट उत्पन्न हुनसक्ने विषम परिस्थितिबाट मुलुक र जनतालाई सुरक्षित गर्न प्रदेश र स्थानीय तहअन्तर्गतका संरचनात्मक व्यवस्थालाई एकीकृत र जवाफदेहीरूपमा परिचालन गर्न आग्रह गर्नुभयो ।

“अक्सिजन र अत्यावश्यकीय औषधिमा हुन सक्ने अभाव र कालाबजारी नियन्त्रण गर्न औषधि व्यवस्था विभाग र सुरक्षा टोली परिचालन गर्नुहोस्”, उहाँले भन्नुभयो, “अक्सिजन उत्पादन प्लान्ट स्थापना गर्न छोटै समय लाग्ने र लगानी पनि त्यति ठूलो नपर्ने भएकाले देशभरी विगत एक वर्षमा धेरै अक्सिजन प्लान्ट थपिएका छन् । तीनको अवस्था निरन्तर अवलोकन गरी मर्मत्सम्भार गरेर अक्सिजनको व्यवस्था गर्नुपर्दछ ।”

पीसीआर परीक्षणलाई हरेक जिल्लासम्म पु¥याउन र अस्पतालमा बिरामीको हेरचारका लागि थप स्वास्थ्य जनशक्तिको अभावलाई पूर्ति गर्न सेवा निवृत्त स्वास्थ्यकर्मीका साथै प्यारामेडिक्स परिचालन गर्न पनि राष्ट्रपति भण्डारीले आग्रह गर्नुभयो । उहाँले कोरोना भाइरसको अघिल्लो दुई चरणको प्रहार झेल्ने क्रममा नागरिकको स्वास्थ्य, जीवन एवम् मुलुकको समग्र आर्थिक प्रणालीमा ठूलो क्षति पुगेको भन्दै यसक्रममा कोभिड–१९को महामारीसँग लड्न अग्रपङ्क्तिमा रहने डाक्टर, नर्स, सुरक्षाकर्मी तथा सपÞmाइकर्मीप्रति आभार व्यक्त गर्नुभयो ।

मन्त्री खतिवडाले एक हजार ६०० खोप केन्द्रमा प्रतिदिन दुई लाख दरले खोप लगाउन थालेको बताउनुभयो । उहाँले दुई करोड ६८ लाख मात्रा खोप लगाइसकेसमेतको राष्ट्रपति भण्डारीलाई जानकारी दिनुभयो । यो भनेको खोप लगाउन योग्यको २८ प्रतिशत हो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्