संसद बैठक अवरुद्ध हुने संकेत, एमालेले निष्कासन गरेका व्यक्ति राखेर संसद चल्न दिदैनौँ : ओली

File Photo

काठमाडौं – मंसिर २८ गते बोलाइएको संसद अधिवेशन फेरी अवरुद्ध हुने संकेत देखिएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीले कारवाही गरेका सांसद अथवा गैर सांसद लाई संसद बैठकमा प्रवेश गर्न दिए बैठक चल्न नदिने चेतावनी दिएका छन् । ‘हामीले निष्कासन गरेका व्यक्तिहरु संसदमा राखेर संसद कसरी चल्न सक्छ ? नियमले गैर सांसदलाई सभामा बस्न दिँदैन ।’ ओलीले भनेका छन् ।

अध्यक्ष ओलीले सभामुख अग्निप्रसाद सापकोटाले एमालेविरुद्ध सत्तारुढ गठबन्धनसँग अनुचित सम्बन्ध राखेको बताए । तत्कालिन नेकपा एमालेमा रहेका माधवकुमार नेपालसहितका सांसदहरुलाई पार्टीले कारबाही गरी संसदलाई जानकारी गराए पनि सभामुखले बेलैमा सुनुवाइ नगरी पद कायम गरिदिएको भनी एमाले सभामुखसँग रुष्ट छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्