नेपाली कांग्रेस सुदूरपश्चिम : सभापतिमा संस्थापन समूहबाट बलायर र इतर समूहबाट मिश्र उम्मेदवार

काठमाडौं – नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेश सभापतिमा संस्थापन समूहबाट केन्द्रीय सदस्य वीरबहादुर बलायर उम्मेदवार बन्ने भएका छन् ।

सहमतिमै प्रदेश कार्यसमिति गठन गर्नेबारे संस्थापन र इतर समूहका नेताहरुबीच शुक्रबार बिहानदेखि नै छलफल भइरहेको थियो । तर सुदूरपश्चिममा कमजोर रहेको संस्थापन इतर समूहले मागेको पद दिन संस्थापन समूह तयार नभएपछि दुई पक्ष प्यानल बनाएरै प्रतिस्पर्धामा उत्रिने भएका हुन् ।

संस्थापन समूहमा प्रदेश सभापतिका लागि आधा दर्जन आकांक्षी रहेकामा नेताहरुले केन्द्रीय सदस्य बलायरलाई अगाडि सारेका हुन् । संस्थापन इतर समूहबाट प्रदेश सभापतिमा नारायण मिश्र उम्मेदवार बनेका छन् ।
शुक्रबार दिउँसो दुई देखि चार बजेसम्मका लागि उम्मेदवारी मनोनयन दर्ताको समय तोकिएको छ । निर्वाचन कार्यतालिका अनुसार शनिबार मतदान हुनेछ ।

REED

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्