पार्टी निर्णय कार्यान्वयन नगरे प्रधानमन्त्री ओलीलाई पदबाट हटाउने नेकपा शीर्ष नेताहरुको तयारी

पार्टी निर्णय कार्यान्वयन नगरे प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट हटाउने तयारी नेकपा सचिवालयका शीर्ष नेताहरुको रहेको छ ।
प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले बुधबार सचिवालय बैठकले वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यका लागि सिफारिश गर्न सरकारलाई अनुरोध गर्ने निर्णय कार्यान्वयन नगर्ने शीर्ष नेताहरुले चेतावनी दिएका छन् ।
नेकपाका एक जना सचिवालय सदस्यका अनुसार सेक्युरिटी प्रेस खरिद प्रकरणमा कमिसन डिल गरेको आरोप लागेपछि सञ्चारमन्त्री गोकुल बाँँस्कोटाले राजीनामा दिएलगत्तै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा उपाध्यक्ष वामदेव गौतमबीच भएको छलफलमा सरकार फेर्नेसम्मको समझदारी भएको थियो ।
उपाध्यक्ष गौतमलाई राष्ट्रियसभामा लैजाने विषयमा नेकपाभित्र भाँडभैलो भएको छ ।
बुधबार भएको सचिवालयको बैठकमा पनि ओलीले आफूविरुद्ध गठजोड भएको भन्दै त्यसप्रति असन्तुष्टि व्यक्त गरेका थिए । बैठकले उपाध्यक्ष गौतमलाई राष्ट्रियसभामा लैजाने निर्णय गरेको थियो ।
नेताहरुको अन्तिम विकल्प भनेको पार्टी तथा सरकारको नेतृत्व फेर्ने पनि हुनसक्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्