राष्ट्रपतिले आज त्रिपुरासुन्दरी र मालिकार्जुनमा पुजाआजा गर्नुहुने, चार स्थानीय तहमा सार्वजनिक विदा

राष्ट्रपति विद्यादेवी भण्डारीको स्वागतका लागि आज दार्चुला र बैतडीका चार स्थानीय तहमा सार्वजनिक विदा दिईएको छ । आज राष्ट्रपति बैतडी जाने भएपछि बैतडीको दशरथचन्द र पाटन नगरपालिकाले सार्वजनीक बिदा दिने निर्णय गरेको हो । राष्ट्रपति भण्डारीले विहीबार दिउँसो २ बजे दशरथचन्द नगरपालिकाको त्रिपुरासुन्दरी मन्दिरमा पूजाआजा गर्ने कार्यक्रम छ । भण्डारीलाई दशरथचन्द नगरपालिकाले नागरिक अभिनन्दन गर्नेछ ।
दार्चुलाको मालिकार्जुन गाउँपालिकास्थित मालिकार्जुन मन्दिरको दर्शन भ्रमणका लागि बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारी त्यस ठाउँमा पुग्ने भएपछि जिल्लाका दुई स्थानीय तहले सार्वजनिक विदा दिने निर्णय गरेका छन् । राष्ट्रपतिको भ्रमण सफल पार्न सबैकको उपस्थितिका लागि दार्चुलाको शैल्यशिखर नगरपालिका र मालिकार्जुन गाउँपालिकाले एक दिनका लागि सार्वजनिक बिदा दिइएको जनाएका छन् ।

राष्ट्रको सातौं धामको रूपमा रहेको मालिकार्जुन मन्दिरमा राष्ट्रपति भण्डारीले विशेष पूजापाठ गर्नुहुनेछ । यस्तै उहाँको नागरिक अभिनन्दन गर्न तथा स्वागतको लागि गाउँपालिकाले स्थानीय बिदा दिने निर्णय गरेको हो । राष्ट्रपति दर्शन गर्न आउने भएपछि मालिकार्जुन मन्दिर परिसरको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्