बेदकोट नगरभित्रका बालविकास शिक्षक तथा कर्मचारीले पाए सरकारले तोके अनुरुपको तलब

काठमाडाैँ – बाल विकासका शिक्षक र विद्यालय कर्मचारीलाई सरकारले वृद्धि गरेको तलबसहितको सुविधा अधिकांश स्थानीय तहहरुले कार्यान्वयन गरेको देखिदैन । केहि स्थानीय तहहरुमा शिक्षक तथा कर्मचारीहरुले आन्दोलन समेत गरे ।
तर कुनै विवाद नै सृजना नभई नगर कार्यपालिकाबाट निर्णय गराएर कञ्चनपुरको बेदकोट नगरपालिकाले गत महिना कार्तिकसम्मको सरकारले तोके अनुरुपको १५ हजारका दरले सामुदायिक विद्यालयमा कार्यरत बाल विकास शिक्षक र कर्मचारीहरुको तलब निकासा गरेको छ ।

तलब निकासा सँगै सामुदायिक विद्यालयमा कार्यरत बालविकास शिक्षक तथा कर्मचारीहरुमा खुसी छाएको छ । सरकारले घोषणा गरे अनुरुपको ६० सरकार र ४० प्रतिशत स्थानीय तहका व्यव भार हुने गरे तोके अनुरुप नगरपालिकाले विद्यालयको खातामा रकम निकासा गरेको हो ।
बेदकोट नगरपालिकाभित्र २४ वटा सामुदायिक विद्यालयहरु रहेका छन् ।

आर्थिक वर्ष २०७८/०७९ को बजेटमा संघीय सरकारले उनीहरूको पारिश्रमिक वृद्धि गरेर १५ हजार पु¥याउने घोषणा गरेको थियो तर संघीय सरकारले ८ हजार उपलब्ध गराउने र बाँकी ७ हजार स्थानीय सरकारले व्यहोर्नुपर्ने उल्लेख थियो । स्थानीय तहहरूले भने संघीय सरकारले तोकेअनुसार ईसीडी शिक्षक र कर्मचारीलाई ७ हजार थपेर उपलब्ध गराउन नसक्ने समेत जनाएको थिए तर आखिर यो कार्यान्वयन गर्न दवाद सृजना भयो ।

तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले बजेट वक्तव्यमा सरकारले निर्धारण गरेको न्यूनतम पारिश्रमिक मासिक १५ हजार उपलब्ध गराउने जनाएका थिए । सरकारले ईसीडी शिक्षकलाई विगतमा मासिक ६ हजारमात्रै पारिश्रमिक उपलब्ध गराउँदै आएको छ । बजेटमा दुई हजार संघीय सरकारले थप गर्ने र अन्य रकम पालिकाहरूले उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्