राप्रपाको महाधिवेशन आजदेखि काठमाण्डौमा शुरु

FILE PHOTO

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशन आजदेखि काठमाडौंमा सुरू हुँदैछ। काठमाडौंको भृकुटीमण्डपमा सुरू हुने महाधिवेशनको तयारी लगभग पूरा भएको छ। राप्रपा अध्यक्षका लागि कमल थापा र राजेन्द्र लिङ्देनले उम्मेदवारी घोषणा गरिसकेका छन्।

हाल राप्रपामा हाल ती जना अध्यक्ष छन् । ती मध्ये डा. प्रकाशचन्द्र लोहनी र पशुपति शमसेर राणा निर्वाचन नलड्ने निर्णयमा पुगेका हुन्।

लोहनीले पत्रकार सम्मेलन गरी युवानेता लिङ्देनलाई समर्थन गर्ने जनाएका छन् भने राणाले पार्टीको वृहत्तर हित र एकताका लागि आफू अध्यक्षको उम्मेदवार हुनबाट पछि हटेको बताएका छन् । तथापि समर्थनमा उनी कतै खुलेका छैनन् ।

फुट–जुटको आरोह अवरोह व्यहोर्दै आएको पुरातन राजनितिक शक्ति राप्रपाले यसलाई एकता र रुपान्तरणको महाधिवेशन भनेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्