गायिका रेखा जोशी र ध्वज महराको स्वरमा रहेको “पूर्णिकी जुन जसी” गीत सार्वजनिक

डेउडा गायिका रेखा जोशी र गायक ध्वज महराको स्वरमा रहेको “पूर्णिकी जुन जसी” गीत सार्वजनिक भएको छ । निक्कै मार्मिक शब्द समेटिएको गीत ध्वज महराको युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।

शेर बिकको लय तथा ध्वज महराको संगीत रहेको उक्त गीत मालाश्री स्टुडियोमा रेकर्डिङ गरिएको थियो भने बिनोज बाजुरालीले एरेन्ज गरेका थिए । महेश्वरी म्यूजिकको अडियो भिडियोलाई दर्शकले अत्यधिक रुचाउन थालेका छन्।

रमेश विजुली बिसीको निर्देशनमा निर्माण गरिएको उक्त भिडियोमा शेर मल्ल, झर्ना बोहरा, कृष्ण कटुवाल र बसन्ती विसीले मुख्य अभिनय गरेका छन् । पीआर जोशीको छायांकनमा रहेको उक्त भिडियोलाई गणेश रैकाले सम्पादन गरेका छन् ।

दुई जोडीबिचको अन्तरसंवादलाई गीतमा समेटिएको छ । उक्त गीतमा निक्कै मार्मिक शब्दका साथै ठट्यौली शब्दहरु समावेश गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्