नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षका लागि ढकालकाे उम्मेद्वारी

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले आउँदो महासंघको लागि वरिष्ठ उपाध्यक्षको पदमा उम्मेदवारी दिने हुनुभएको छ । ढकालले बुधबार काठमाण्डौमा एक कार्यक्रम गरी उम्मेदवारीको औपचारिक घोषणा गर्नुभएको हो । उहाँले आफ्नो उम्मेदवारी देशमा औद्योगिक वातावरण निर्माण गर्न, विदेशी लगानी भित्र्याउन, नयाँ प्रविधि भत्र्याउन र निजी क्षेत्रको सृजनात्मक भूमिका बढाएर व्यवसायिक हकहित र अधिकारका लागि सरकारसँग लबिङ गर्न भएको बताउनुभयो ।

‘समृद्धिको आधार राज्य निजी क्षेत्र साझेदार’ मूल नारा सहित उम्मेदवारी घोषणा गरेको उल्लेख गर्दै उपाध्यक्ष ढकालले राज्यले निजी क्षेत्रसँग जति धेरै सहकार्य गर्‍यो त्यतिनै देशको आर्थिक विकास सम्भव रहेको बताउनुभयो । उहाँले तीन खम्बे अर्थनीतिको प्रमुख खम्बाका रुपमा रहेको निजी क्षेत्रलाई सबैभन्दा सशक्त सबल खम्बाको रुपमा स्थापित गर्न, तीव्र आर्थिक विकास र सुशासन सहितको उत्तरदायी राज्य व्यवस्थामा सघाउन उद्योग वाणिज्य महासंघको आगामी नेतृत्वमा रहेर पैरवी गर्ने प्रतिबद्धता समेत जनाउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्