वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनित गर्ने नेकपाको निर्णय

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठकले पार्टी उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनित गर्ने निर्णय गरेको छ । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले उपाध्यक्ष गौतमलाई राष्ट्रिय सभा सदस्यका लागि मनोनित गर्ने निर्णय गरेको हो ।

अब गौतमलाई मन्त्रिपरिषद्ले निर्णय गरेर राष्ट्रपतिसमक्ष सिफारिस गर्नेछ । यस्तै शनिबारको सचिवालय बैठकले संविधान संशोधनका लागि गठन गरेको कार्यदलले तत्काल काम अघि नबढाउने भएको छ । राष्ट्रिय सभा सदस्यको हैसियत प्रतिनिधि सभा सदस्य बराबर हुने गरी संविधान संशोधन गर्न कार्यदल गठन गर्ने निर्णय शनिबार भए पनि चौतर्फी विरोध भएपछि तत्काल काम अगाडि नबढाउने निर्णय बुधबारको सचिवालयले गरेको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्