दार्चुला काँग्रेसको प्रदेश सभा (ख) को मतगणना सुरु

काठमाडौँ – नेपाली काँग्रेस दार्चुलाको सातौ जिल्ला अधिवशेनको मतगणना जारी छ । प्रदेश सभा क्षेत्र (क) को मत गणना सम्पन्न भएको छ । यो क्षेत्रको मत गणना सम्पन्न हुँदा सभापतिका उम्मेदवार ललित बोहराको अग्रता कायमै रहेको छ ।
भने अर्का उम्मेदवार अमरसिंह धामी पछाडी परेका छन् । धामी प्रदेशसभा (ख)का स्थानीय बासिन्दा हुन् । ख क्षेत्रको मत गणना गर्न बाँकी रहेकाले धामीको पक्षमा मत खस्ने आकलन पनि गरिएको छ । तर बोहरालाई कानुन न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र प्रसाद बडूको पनि समर्थन रहेकाले बोहराले नै सभापतिमा बाजी मार्ने एक थरी नेताहरुको आकलन छ ।

प्रदेश सभा ख क्षेत्रको मत गणना अहिले सुरु भएको छ । यसअघि मतगणनास्थल दार्चुला विकास संगठन हल कायम गरिएकोमा आज बेलुकीदेखि मतगणनास्थल महेन्द्र नमुना मावि खलंगामा सारिएको छ । क्षेत्र नम्बर ख को मतगणना सुरु भएको निर्वाचन समितिले जनाएको छ ।

यो पनि 

नेपाली काँग्रेस दार्चुलाको मतगणना स्थलमा बोहरा र धामी पक्षबीच झडप, ४ जना घाइते

नेपाली काँग्रेस दार्चुलाको मतगणना स्थलमा दुइ पक्षबीच झडप हुदा आधा दर्जन घाइते, जिल्ला अस्पतालमा उपचार हुँदै

नेपाली काँग्रेस दार्चुलाको मत गणना जारी, ४०० मत गणना हुदा सभापतिमा बोहराको अग्रता कायमै, सचिवमा कार्की

 

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्