घनश्याम भुसाल गरे उपाध्यक्षमा उम्मेदवारी घोषणा

काठमाडौँ – नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् । एमालेको १० औं महाधिवेशनमा सहभागी हुन चितवन पुगेका भुसालले शुक्रबार साँझ चितवनबाटै उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् । यसअघि भुसाल अध्यक्षमा उठ्ने चर्चा थियो ।

आफ्नै समूहका भीम रावलले अध्यक्षमा उम्मेदवारी दिएपछि भुसाल वरिष्ठ उपाध्यक्षमा उठ्ने अड्कल गरिएको थियो । तर उनले एक कदम पछि हट्दै चार उपाध्यक्ष मध्ये एकमा उम्मेदवारी घोषणा गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्