कैलालीमा काँग्रेसको जिल्ला अधिवेशन अनिश्चितकालका लागि स्थगित

कैलाली – नेपाली काँग्रेस कैलालीको जिल्ला अधिवेशन अनिश्चितकालका लागि स्थगन भएको छ । शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै जिल्ला कार्य समितिले आजदेखि हुने भनिएको जिल्ला अधिवेशन स्थगित गरिएको जानकारी दिएको हो। पार्टी सभापति नरनारायण शाहले अहिले जिल्ला अधिवेशन गर्दा प्रदेश अधिवेशनको व्यवस्थापनमा असर पुग्ने बताउँदै अधिवेशन स्थगन गर्नुपरेको जानकारी दिए।

प्रदेश अधिवेशनको व्यवस्थापनकै लागि जिल्ला अधिवेशन केही समयका लागि स्थगित गरिएको हो । सुदूरपश्चिम प्रदेश अधिवेशन धनगढीमा मंसिर १६ र १७ गते गर्ने तयारी छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्