नेपाली काँग्रेस दार्चुलाको मत गणना जारी, ४०० मत गणना हुदा सभापतिमा बोहराको अग्रता कायमै, सचिवमा कार्की

काठमाडौँ – नेपाली काँग्रेस दार्चुलाको सातौ जिल्ला अधिवशेनको मतगणना जारी छ । प्रदेश सभा क्षेत्र (क) को ४०० मत गणना सम्पन्न हुँदा सभापतिमा २८० मत सहित ललित बोहराको अग्रता रहेको छ भने अर्का उम्मेदवार अमरसिंह धामीको ११२ मत रहेको छ । सुरुदेखि नै बोहराले अग्रता कायम गरेका छन् । बोहरा सो क्षेत्र घर भएका उम्मेदवार हुन् । धामी भने प्रदेश सभा क्षेत्र (ख) घर भएका हुन् । क्षेत्र (ख)को मत गाणना हुँदा धामीले अग्रता लिने आकलन गरिएको छ ।

यस्तै उपभापतिमा उमेश सिह खत्री–९० , महादेव बडू कश्यप–२७२, मानबहादुर बम–४७, ललित सिह ठगुन्ना–२२७, सन्तोष कुमार सिह ऐतवालले ६० मत प्राप्त गरेका छन् । भने सचिवमा पुलेन्द्र कार्कीले अग्रता लिएका छन् । कार्कीले ३०८ मत प्राप्त गरेका छन् । यस्तै माधवराजले भट्टले १६० मत प्राप्त गरेका छन् । यस्तै महेश सिह धामी–४३, महेन्द्र प्रसाद बडू–१३२, देव सिह धामी–३१ र वीर सिह डडालको पक्षमा ९० मत रहेका छन् ।

त्यस्तै सहसचिवमा २७० मत सहित राजु अवस्थीले अग्रता कायम गरेका छन् भने २२० मत सहित राजेन्द्र प्रसाद जोशी दोस्रो स्थानमा रहेका छन् । त्यस्तै ११८ मत सहित सन्तोष दयाली तेस्रो स्थान र ७१ मत सहित जयानन्द चौथो नम्बरमा रहेका छन् ।

यो पनि 

नेपाली काँग्रेस दार्चुलाको मतगणना स्थलमा बोहरा र धामी पक्षबीच झडप, ४ जना घाइते

नेपाली काँग्रेस दार्चुलाको मतगणना स्थलमा दुइ पक्षबीच झडप हुदा आधा दर्जन घाइते, जिल्ला अस्पतालमा उपचार हुँदै

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्