नेपाली काँग्रेस दार्चुलाको मतगणना स्थलमा बोहरा र धामी पक्षबीच झडप, ४ जना घाइते

काठमाडौँ – नेपाली काँग्रेस दार्चुलाको अधिवेशन स्थलमा दुई पक्षबीच झडप भएको छ । मतदान सकिएर मतगणना सुरु गर्ने समयमा सभापतिका उम्मेदवार ललित बोहरा पक्ष र अर्का सभापतिका उम्मेदवार अमरसिंह धामी पक्षबीच झडप भएको स्रोतले जनाएको छ । स्रोतका अनुसार दुई पक्षबीच भएको झडपमा ४ जना घाइते भएका छन् । स्रोतले बताए अनुसार सभापतिमा अमरसिंह धामी पक्षको जीत हुने देखिएपछि बोहरा पक्षले मतगणना रोक्नुपर्ने माग गरेपछि दुई पक्षबीच झडप भएको हो । धामी पक्षका राजु विष्ट र सुरेस विष्ट लगायतका केही घाइते भएका छन् । घाइतेहरुको जिल्ला अस्पताल दार्चुलामा उपचार भइरहेको छ एक नेताले बताए ।

१३औँ महाधिवेशन अन्तरगत भएको जिल्ला अधिवेशनमा धामी कै सहयोगमा बोहाराले सभापतिमा जितेको भए पनि १४औँ महाधिवेशनमा बोहरा पौडेल पक्ष र धामी देउवा पक्षबाट चुनाव लडेको बताइएको छ । धामी शैल्यशिखर नगरपालिकाका प्रमुख समेत हुन् ।

यो पनि 

नेपाली काँग्रेस दार्चुलाको मतगणना स्थलमा दुइ पक्षबीच झडप हुदा आधा दर्जन घाइते, जिल्ला अस्पतालमा उपचार हुँदै

काँग्रेस १४औँ महाधिवेशन : दार्चुलामा मतदान हुँदै, सभापतिमा धामी र बोहराबीच कडा प्रतिस्पर्धा हुने

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्