काँग्रेस १४औँ महाधिवेशन : दार्चुलामा मतदान हुँदै, सभापतिमा धामी र बोहराबीच कडा प्रतिस्पर्धा हुने

दार्चुला – नेपाली कांग्रेस दार्चुलाको जिल्ला कार्यसमिति र महाधिवेसन प्रतिनिधिका लागि सहमति जुटन नसकेपछि निर्वाचन भइरहेको छ ।

बिहिबार विहान देखि नै मतदान हुने भनिए पनि मतदानमा केही ढिलाई भएको छ । तर मतदान सुरु गर्ने गरी तयारी भइसकेको निर्वाचन समितिले जनाएको छ । पदाधिकारीसहित ४२ सदस्यिय जिल्ला कार्यसमिति र २५ जना महाधिवेसन प्रतिनिधि गरेर ६७ जना पदाधिकारी चयनका लागि एक हजार ४२ मतदाताले मतदान गर्ने निर्वाचन समितिले जनाएको छ ।

कांग्रेस दार्चुलाको जिल्ला सभापतिमा एक जना, उपसभापतिमा २ जना, सचिवमा २ जना, सहसचिव २ जना, जिल्ला कार्य समिति सदस्यमा भूगोल र समावेसीसहित ४२ जना निर्वाचित हुनेछन् । निर्वाचन समितिका अनुसार काँग्रेस जिल्ला कार्यसमितिका सभापतिका लागि ललितसिह बोहरा र अमरसिह धामीको उम्मेदवारी दर्ता भएको छ । बोहरा वर्तमान जिल्ला सभापति हुन भने धामी उपसभापति हुन् । अन्य पदाधिकारीमा समेत झण्डै दुईदर्जन नेताहरुको उम्मेदवारी छ ।

सभापतिका उम्मेदवार बोहरा पौडेल पक्षमा खुल्नुभएको छ । कानुन न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडू समेत पौडेल पक्षमै भएकोले बडूको सहयोगमा बोहरा सभापति बन्ने सम्भावना बलियो रहेको केहि नेताहरुको दाबी छ । सभापतिका अर्का उम्मेदवार धामी समेत विगतमा पौडेल पक्षमै रहेपनि यो पटक देउवा पक्षका मतहरु लिने र भूगोलको समेत प्रतिनिधित्व गरेर मतदाताहरुसंग सहयोग मागिरहेकोले भूगोल र आफु निकटका पौडेल पक्षका उम्मेदवारसंगै देउवा पक्षले साथ दिएमा धामी सभापतिमा निर्वाचित हुने सम्भावना समेत उत्तिकै बलियो रहेको छ ।

नेपाली कांग्रेशको सभापतिसहित ४२ सदस्यिय जिल्ला कार्य समितिका लागि ६६ जनाको उम्मेदवारी परेको छ । यसअघि ७८ जनाको उम्मेदवारी परेकोमा १२ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । यस्तै २५ जना महाधिवेशन प्रतिनिधिका लागि ५९ जनाको उम्मेदारी परेको छ । महाधिवेसन प्रतिनिधिमा जिल्लाका प्रमुख नेताहरु चुनाव लडिरहेकोले कांग्रेशको निर्वाचनलाई निकै चासोका साथ हेरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्