प्रचण्ड प्रति विकासविज्ञ आचार्यको व्यंग – ‘शिक्षकलाई राजनीतिमा लगाउ, शिक्षा खत्तम बनाउ, अनि दललाई चाहिने बेकामेहरु उत्पादन भइहाल्छ’

काठमाडौं – विकासविज्ञ डा. सूर्यराज आचार्यले अहिलेका पार्टी जोगाउन शिक्षकलाई राजनीति गर्न दिनुपर्ने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको तर्क सही रहेको बताएका छन् ।

सामाजिक सञ्जालमा लेख्दै डा. आचार्यले शिक्षा खत्तम नबनाई दलहरुलाई चाहिने विवेक र क्षमताविनाका बेकामे प्रमाणपत्रधारी उत्पादन नहुने भएकाले शिक्षकलाई राजनीति गर्न दिनुपर्ने व्यङ्ग्य गरे । निर्वाचन आयोगले शिक्षक र सरकारी कर्मचारीलाई पार्टीको सदस्यता नदिन मातहतका निकायलाई परिपत्र गरेसँगै प्रचण्डले मंगलबार शिक्षकलाई राजनीति गर्न दिनुपर्ने, नभए पार्टी प्रणाली कोल्याप्स हुने बताएका थिए ।

आचार्यले भने, ‘शिक्षकलाई राजनीति गर्न नदिए पार्टी सिस्टम कोल्याप्स हुन्छु भन्ने कुरा आएछ। अहिलेका पार्टी जोगाउनका लागि शिक्षकलाई राजनीति गर्न दिनु पर्ने कुरा चैं सहि हो । अनि मात्र शिक्षा झन् खत्तम हुन्छ, र अहिलेका दललाई चाहिने विवेक, क्षमता विनाका वेकामी प्रमाणपत्रधारी नागरिकको उत्पादन हुन्छ ।’

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्