एमाले केन्द्रीय सदस्यमा बेदकोट नगरपालिकाका मेयर चन्दको उम्मेदवारी घोषणा

काठमाडौँ – नेकपा एमालेका युवा नेता तथा कञ्चनपुरको बेदकोट नगरपालिकाका नगर प्रमुख अशोक कुमार चन्दले एमालेको दशौं राष्ट्रिय महाअधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । मेयर चन्दले सुदरपश्चि भूगलतर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका हुन् ।

मेयर चन्दले देशभरका किसानका मुद्दालाई पार्टी र राज्यको केन्द्रीय तहमा स्थापित गर्न आफुँले बिभिन्न एजेण्डासहित केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेको बताए । आफु तीन दशकदेखि पार्टीमा अनवरत रुपमा काम गरेको उल्लेख गर्दै मेयर चन्दले कम्युनिष्ट सिद्धान्तलाइृ जिवित राख्ने बताएका छन् ।
मेयर चन्द अन्तर सरकारी बित्त परिषद्का केन्द्रिय सदस्य तथा नेपाल नगरपालिका संघका केन्द्रीय सचिवालय सदस्य समेत हुनुहुन्छ । उहाँले पार्टीमा गरेको योगदान तथा बेदकोट नगरपालिकामा गरेको विकासले उहाँ लोकप्रीय नेताको रुपमा स्थापित हुनुभएको छ ।
यहि मंसिर १० गते चितवनमा हुन गइरहेको नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनमा उहाँ केन्द्रीय सदस्यमा भिड्ने भएका छन् । उहाँले आफुलाई अमूल्य मत दिएर विजयी गराउन समेत अपिल गर्नुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्