सामलिङ्ग पावर कम्पनीको पहिलो शेयर कारोबार कतिमा भयो ?

काठमाडौँ – बिहीबार स्पेशल प्रि ओपन सेसनमा सामलिङ्ग पावर कम्पनीको पहिलो कारोबार भएको छ ।

यस दिन सो सेसनमा सामलिङ्गको प्रतिकित्ता २९६ रुपैयाँ ३० पैसामा पहिलो कारोबार भएको हो । यो कम्पनीको शेयर उच्चतम मूल्यबाट कारोबार शुरु भएको हो ।

कम्पनीको शेयर मंसिर ८ गते, बुधबार नेप्सेमा सूचीकृत भएको थियो । नेप्सेले सामलिङ्ग पावरको पहिलो कारोबारका लागि न्युनतम ९८ रुपैयाँ ७७ पैसा देखि २९६ रुपैयाँ ३१ पैसा ओपनिङ्ग रेन्ज तोकिएको थियो । कम्पनीको शेयर एसपीसी स्टक टिकरमा कारोबार भएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्