नेपाली काँग्रेस दार्चुलाको मतगणना स्थलमा दुइ पक्षबीच झडप हुदा आधा दर्जन घाइते, जिल्ला अस्पतालमा उपचार हुँदै

काठमाडौँ – नेपाली काँग्रेस दार्चुलाको अधिवेशन सम्पन्न भइ मतगण्ना स्थलमा झडप हुदा आधा दर्जन घाइते भएका छन् । सभापतिका उम्मेदवार ललितसिंह बोहरा र अर्का उम्मेदवार अमरसिंह धामी पक्षबीच भएको झडमा आधा दर्जन भन्दा बढी घाइते भएको स्रोतले बतायो ।  राजेन्द्र विष्ट, सुरेश विष्ट, बसन्त साउँद लगायत धामी पक्षीय अरु कार्यकर्ता पनि घाइते भएका छन् ।

घाइतेहरुको जिल्ला अस्पताल दार्चुलामा उपचार भइरहेको छ । सभापतिमा धामीको जीत हुने देखिएपछि बोहरा पक्षले झडप गरेको एक नेताले बताए । ती नेताका अनुसार मत गणना सुरु हुनु अगाडी नै बोहरा पक्षले ढुंगामुढा प्रहार गरी धामी पक्षमाथी आक्रमण गरेका हुन् ।

बोहरा पक्षले भारतबाट समेत मान्छे मगाएको ती नेताले आरोप लगाए । ‘मलाई पनि सामान्य चोट लागेको छ, मत गणना सुरु हुनु अगावै बोहरा पक्षले हामीमाथी ढुंगामुढा प्रहार गरेर आक्रमण गरे’ ती नेताले भने । ‘बोहराले चुनाव हार्ने भएपछि हामीमाथी आक्रमण गरेको हो, आक्रमण गर्नकै लागि बोहराले भारतबाट समेत मान्छे मगाएको हाम्रो अनुमान छ’ ।

यो पनि 

नेपाली काँग्रेस दार्चुलाको मतगणना स्थलमा बोहरा र धामी पक्षबीच झडप, ४ जना घाइते

 

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्