काँग्रेस १४औँ महाधिवेशन : दार्चुलाबाट महाधिवेशन प्रतिनिधिमा जोशीको उम्मेदवारी

दार्चुला – नेपाली काँग्रेस दार्चुलाका युवा नेता दिवाकर जोशीले महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी घोषणा गरेका छन् । काँग्रेसको १४औँ महाधिवेशनमा युवा नेता जोशीले महाधिवेसन प्रतिनिधिमा आफ्नो उम्मेदारी रहेको घोषणा गरेका हुन् ।

आगामी आउने निर्वाचनमा दार्चुलाबाट नेपाली काँग्रेसलाई विजय गराउन र समुदाय स्तरमा पार्टीलाइ विस्तारित गर्नको लागी महाधिवेशन प्रतिनिधिमा आफुले उम्मेदवारी दिएको नेता जोशीले बताए ।

दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर ७ बोहरीगाउँमा घर भएका नेता जोशी नेपाल विद्यार्थी संघ दार्चुलाका उपाध्यक्ष तथा कार्यबाहक अध्यक्ष समेत हुन् । जोशीले कांग्रेसलाई अब युवाहरुको नेतृत्व आवश्यक रहेकोले सबै युवाहरु एक जुट भएर पार्टी संगठनलाई विस्तार र बलियो बनाउन तर्फ लाग्नुपर्ने बताए ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्