काग्रेस १४ औँ महाधिवेशन : डडेल्धुराको सभापतिमा भीम साउँद विजयी

डडेल्धुरा – काँग्रेसको सातौं जिल्ला अधिवेशनबाट डडेल्धुराको सभापतिमा भीमबहादुर साउँद विजयी भएका छन् । सभापतिका प्रत्यासी चूडामणि ठकुराठीलाई पराजित गर्दै साउँद विजयी भएका हुन् । साउँदले ७३४ मत पाए भने ठकुराठीले ७६ मत पाए ।

साउँद पर्शुराम नगरपालिकाका नगर प्रमुख पनि हुन् । यस्तै उपसभापतिमा लक्ष्मीप्रशाद अवस्थी, डिल्लीराज जोशी, सचिबमा हेमराज चटौत र शेरबहादुर भण्डारी विजयी भएका छन् । यस्तै सहसचिवमा प्रेमराज महर र गोबिन्दराज बोहरा निर्वाचित भएका छन् ।

विवादका बावजुद डडेल्धुरामा सातौं जिल्ला अधिवेशन सम्पन्न भएको हो । जिल्ला सभापति कर्ण मल्ल समूह फेरि अधिवेशन गर्नुपर्ने माग गर्दै काँग्रेस केन्द्रीय कार्यालयमा अनशनरत छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्