१ घण्टा २५ मिनेटका लागि कमला ह्यारिस बनिन् अमेरिकाकी कार्यवाहक राष्ट्रपति, राष्ट्रपतीय शक्ति पाउने पहिलो महिला

राष्ट्रपति जो बाइडेनले शुक्रबार अस्थायी रुपमा उपराष्ट्रपति कमला ह्यारिसलाई सत्ता हस्तान्तरण गरेका छन् । उनी १ घण्टा २५ घण्टाका लागि नियमित स्वास्थ्य परीक्षणका लागि जाँदा यसो गरेका हुन् । अमेरिकाको सत्ता केही समयका लागि उपराष्ट्रपति कमला ह्यारिससँग रह्यो । राष्ट्रपति जो बाइडेन शुक्रबार अबेर राती हुने कोलोनोस्कोपीका लागि एनेस्थिसियामा थिए । ह्वाइट हाउसकी प्रेस सचिव जेन पास्कीले बाइडेन एनेस्थिसियामा थिए, त्यतिबेला ह्यारिसले वेस्ट विङ्गमा आफ्नो अफिसमा काम गरिन् ।

आज ७९ औं जन्मदिन मनाउँदै छन् बाइडेनः

बाइडेन अमेरिकी इतिहासमा राष्ट्रपति पद सम्हाल्ने सबैभन्दा उमेरदार व्यक्ति हुन् । आज बाइडेन आफ्नो ७९ औं जन्मदिन मनाइरहेका छन् । जन्मदिनको एक दिन अघि उनी शुक्रबार बिहान वासिङ्टन बाहिर वाल्टर रिड मेडिकल सेन्टर गए । हुन त उनी हरेक वर्ष उपचार र परीक्षण गर्ने गर्छन्, तर यसवर्ष जनवरीमा राष्ट्रपति पद सम्हालेपछि यो उनको पहिलो उपचार हो । कोलोनोस्कोपी परीक्षणका बेला बाइडेनलाई बेहोस पारिएको थियो । त्यसैले यतिबेला राष्ट्रपतीय शक्ति ह्यारिस समक्ष थियो ।

कमला ह्यारिस पहिलो अश्वेत र दिक्षण एशियाली मूलकी उपराष्ट्रपति बनेकी थिइन् । पास्कीका अनुसार बाइडेन एनेस्थियामा हुँदासम्म ह्यारिसले राष्ट्रपतिको हैसियतले सत्ता सम्हालिन् । यद्यपि, उनले वेस्ट विङ्गस्थित आफ्नो अफिसबाटै काम गरिन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्